विराटनगर , असाेज १५
नेकपा एमाले कोशी प्रदेशमा नेतृत्व चयन कालागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । ५ बजेबाट मत गणना सुरु भएको हो । मतगणना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएका छन् । मत गणना ७ स्थानमा मतगणना हुने बताइएकाे छ ।
जिल्ला भूगोल र पदाधिकारीको मत गणना एकै पटक हुदैछ । निर्वाचनको परिणाम आज राती आउने छ । कोशी प्रदेशमा १ अध्यक्ष, १ सचिव र २ उप सचिवका लागि निर्वाचन भएको हो ।
१४ असोज २०८०, सोमबार ०५:५५ मा प्रकाशित