काठमाडौं, असोज २१
आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
सोमबार सुन तोलामा ५०० रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५
सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा
कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले
घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले
जनाएको छ ।
२० असोज २०८१, सोमबार ११:२९ मा प्रकाशित