सरकारी कार्यालयमा 'टीएमएस' चलाउन रोक

Jhalkonepal

काठमाण्डाै, भदाै २५

अब देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचल्ने भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालायहरूलाई पत्राचार गर्दै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो । 

कार्यालयले सबै पालिकामा 'टीएमएस' नचल्ने व्यवस्था गर्न पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

त्यस्तै पत्रमा कार्यालय समयमा 'टीएमएस' चलाए/नचलाएको प्राविधिक रूपमै जाँच गर्नसमेत आदेश दिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार सरकारी तथा सार्वजनिक निकायमा 'टीएमएस' चलाउन रोक लगाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लेखेको पत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया