काठमाडौं, भदौ ३
साफ यू–२० च्याम्पियनसिपमा साविक विजेता भारतले भुटानलाई हराएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले भुटानलाई १-० गोलअन्तरले हराएको हाे ।
भारतका लागि मोनिरूल मोल्लले निर्णायक गोल गरे । उनले ३७औं मिनेटमा गोल गरेका थिए ।