काठमाडौँ, भदौ २८
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका
वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार
आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले १० जना महिला चिकित्सकलाई सम्मान गर्नुभएको
हो ।
सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन
इन नेपाल अवार्डअन्तर्गत डा. रीता गुरूङ, डा. शान्तकुमारी सापकोटा, डा. हीरा तुलाधर, डा. गीता सायमी र डा. कल्पना
सुवेदी उपाध्याय हुनुहुन्छ ।
वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम
एचिभमेन्ट अवार्डअन्तर्गत डा. सुनिता आचार्य, डा. सुधा खकुरेल, डा. बिमला लाखे, डा. मालती त्रिपाठी र डा.
अम्बिका श्रेष्ठ हुनुहुन्छ ।
उहाँहरुलाई राष्ट्रपति पौडेलले
दोसल्ला एवम् सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो । संघका अध्यक्ष डा.
अनिलविक्रम कार्कीको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।
२७ भदौ २०८१, शुक्रबार ०५:१४ मा प्रकाशित