सुभेष सिनाल
काठमाण्डौं, फागुन १८
काठमाण्डौंमा चलिरहेको त्रिदेशिय टि २० क्रिकेटको नेपालका लागि निर्णायक खेलमा नामिवियालाई १८१ रनको लक्ष्य दियो । टस हारेर पहिलो ब्याटिं गर्न आएको नेपालले दोस्रो ओभरमै ५ रनको स्कोर हुदा ओपनर आसिफ सेखको विकेट गुमायो । ओपनिंग गर्न आएका अनिला शाहले १७ बलमा २३ रन जोडेर आउट भए। कप्तान रोहित पौडेलले १० रनमात्र बनाउन सके । रन रेट बढाउन माथिल्लो क्रममा प्रोमोट भएका गुलशन झाले १६ बलमा २६ रन बनाएर आउट भए ।
नेपालका लागि सबैभन्दा वढि कुशल मल्लले नटआउट ५५ रन बनाए र उनलाई आरिफ सेखले ३१ रन बनाएर साथ दिए । दिपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो ।
१७ फाल्गुण २०८०, शुक्रबार ०१:३७ मा प्रकाशित