नेपाली क्रिकेट टोली शुक्रबार बिहान नेपाल फिर्ता

Jhalkonepal

काठमाण्डौ , चैत्र २

हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर नेपाली टोली शुक्रबार बिहान नेपाल आइपुगेको हो । हङकङ, पपुवा न्युगिनी  र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो । समूह चरणमा जित निकाले पनि फाइनलमा पीएनजीसँग स्तब्ध हुँदै उपाधि जित्न असफल भएको थियो ।

काठमाडौँ आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया