राष्ट्रपति पाैडेल आज जनकपुर आउनुहुदै

Jhalkonepal
जनकपुर , असोज ८

 राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिर आउदैहुनुहुन्छ।

यसअघि स्थगित भएको कार्यक्रमलाई निरन्तरता दिँदै राष्ट्रपति पौडेल जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम छ । 

यसका साथै राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।

पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको समेत आयोजना  गर्दै छ । 

 आज  दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा सो कार्यक्रममा सरिक हुने बताइएको छ । सहरी विकास मन्त्री सीता गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधि, मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, मधेस प्रदेश सभामा सभामुख रामचन्द्र मण्डल, राष्ट्रपति कार्यालयका सचिव तथा पदाधिकारी, जिल्ला समन्वय समिति धनुषाका पदाधिकारी पालिका प्रमुखहरूको उपस्थिति रहने जनाइएको छ ।

प्रतिक्रिया