प्लेअफ पुग्ने सम्भावनाको लागि आइपिएलमा आज दुइ खेल हुने

Jhalkonepal

काठमाण्डौं, बैशाख ३०

आइपिएल २०२४ क्रिकेट प्रतियोगिता अन्तरगत आज दुइ मह्त्वपूर्ण खेल हुदैछ । आज दिउसो ३ः४५ मा चेन्नइमा घरेलु टोली चेन्नइ सुपर किंग्सले राजस्थान रोयल्सको सामना गर्नेछ । यो खेल प्लेअफमा स्थान बनाउनको लागि चेन्नईको लागि निकै महत्वपूर्ण छ। अंक तालिकामा चौथो स्थानमा रहेको चेन्नईलाई प्ले अफमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब छ । चेन्नई अहिले सम्म खेलेका १२ खेलमा ६ मा जित र ६ मा हार ब्यहोर्दै १२ अंक जोडेको छ । अंक तालिकामा १२ खेलमा १२ अंक जोडेका अरु दुइ दिल्ली र लखनउ क्रमशः पाचौ र छैटौ स्थानमा छन । अव बाकी दुई खेलमा जिते चेन्नइ चेन्नईको १६ अंक हुनेछ । यदपी यो पनि प्लेअफ पुग्न भने प्रयाप्त नहुन सक्छ । 

चेन्नइले आजको पहिलो खेलमा राजस्थानसंग दिउसा पौने ४ बजे खेल्ने छ । अघिल्लो खेलमा निरासाजनक प्रदर्शन गर्दै तालिकाको अन्तिममा रहेको गुजरातसंग चेन्नई पराजित भएको थियो । 

यस्तै आजको दोस्रो खेलमा दिल्लीले बैग्लोरको सामना गर्नेछ । १२ खेलमा १२ अंका जोेडेको दिल्लीलाई पनि प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ दिल्लीले आजको खेल पछि अन्तिम खेल लखनउसंग खेल्नेछ । लखनउको लागि पनि त्यो खेल प्लेअफ सम्भावना कायम राख्न जित्नै पर्ने दबाब हुनेछ । आजको खेलमा दिल्लीले र चेन्नई विजयी भए दुबै टोलीको अन्तिम खेल झनै रोचक र महत्वपूर्ण बन्नेछ । 

दिल्लीले भने आज साझ पौने ८ बजे बैग्लोरको सामना गर्नेछ । सातौ स्थानमा रहेको बैग्लोरको पनि प्लेअफमा पुग्ने अंकगणितिय सम्भावना कामयनै रहेको छ। यदपी बैग्लोरले आफ्ना बाकी सबै खेल ठुलो अन्तरमा जितेर रनरेट पनि बढाउनु पर्नेछ । बैग्लोरले पछिल्लो ५ खेल लगातार जितेर आफ्नो हौसलालाई बढाएको छ । दिल्लीभने आज आफ्ना नियमित कप्तान रिसब पन्तको अनुपस्थितीमा खेल्नेछ । पन्तलाई यस अघिको खेलमा स्लो बलिंग गरेको आधारमा आइसीसीले ३० लाख रुपिया जरिवाना र एक खेलको प्रतिवन्द्ध लगाएको छ । 


प्रतिक्रिया