इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनशिपको फाइनल खेल आज हुँदै

Jhalkonepal

काठमाडौं, पुस २५

इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनशिपको उपाधीका लागि आज दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्दैछन् ।

 मणिमुकुन्द भलिबल क्लबलाई हराउँदै आर्मी फाइनलमा पुगेको हो भने पुलिसले भारतको गुजरात स्टेट भलिबल एसोसिएनलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

दोस्रो सेमिफाइनलमा आर्मी र मणीमुकुन्द क्लब खेल्दा चिसोका कारण खेल स्थगित भएको थियो ।

यो खेल हिजो भएपछि हिजैका लागि तय भएको फाइनल खेल आजलाई सरेको हो । तेस्रो स्थानका लागि पनि आजै खेल हुनेछ ।

इन्डो–नेपाल भलिबलको विजेताले सात लाख, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुनेले एक लाख ७५ हजार र चौथो हुने टोलीले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

 

 

प्रतिक्रिया