खसीबोका बोकेको ट्रक पल्टिँदा १९ वटा चौपाया मरे

Jhalkonepal

काठमाडाैं, माघ २७

चितवनमा खसीबोका बोकेको ट्रक पल्टिँदा  १९ वटा चौपाया मरेका छन् ।

बर्दियाबाट खसीबोका लिएर काठमाडौँतर्फ गुडिरहेको ट्रक बिहान पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।  बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको मिनिट्रक दुर्घटना भएको हो । भे १ क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा दुर्घटना भएको थियो ।

 

प्रतिक्रिया