खेलकुद, कार्तिक २५
पाकिस्तानलाई विश्वकपको सेमिफाइनलमा पुग्नबाट रोक्दै इंग्लैण्ड आफु भने अर्को वर्ष हुने च्याम्पियन्स ट्रफिको लागि छनौट भएको छ ।
सेमिफाइनल पुग्न ठुलो अन्तरको जित चाहिएको खेलमा पाकिस्तानले ठुलो अन्तरको हार ब्यहोर्दै विश्वकपबाट बाहिरिएको छ । इंग्लैण्डले दिएको ३३८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पाकिस्तानले ४३. ३ ओभरमा अल आउट हुदाँ २४४ रन मात्र बनाउन सक्यो । यो हार संगै अंकतालिकामा पाचौं स्थानमा पाकिस्तानले चित्त बुझायो । अर्को तर्फ अंक तालिकामा शिर्ष ८ भित्र परि अर्को वर्ष पाकिस्तानमै हुने च्याम्पियन्स ट्रफिको लागि छनौट भएको छ ।
३३८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका अघा सलमानले सर्वाधिक ५१ रन बनाए । यो बाहेक कप्तान बाबर आजमले ३८ र विकेटकिपर मोहम्मद रिजवानले ३६ रन बनाउन सके । सौद सकिलले २९, शाहिन शाह अफ्रिदीले २१, हरिष रौफ ३५ र मोहम्मद वसिमले १६ रन बनाएर टिमलाई २४४ सम्म पुगाउन सफल भए ।
इंग्लैण्डका डेविड विल्लीले ३ विकेट लिए । अदिल रसिद, गुस एटकिन्सन र मोइन अलीले २,२ विकेट र केसिर वक्सले १ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिंग गरेको इंग्लैण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो । इंग्लैण्डका तिन ब्याटरले महत्वपुर्ण अर्धसतक प्रहार गर्दैे ठुलो स्कोर बनाउन सघाएका थिए । इंग्लैण्डका लागि बेट स्ट्रोकले सबैभन्दा वढि ८४ रन बनाए । यस्तै जोय रुटले ६०, जोनी बेस्ट्रोले ५९, डेविड मलानले ३१, हेरी ब्रोकले ३० र जोस बटरले २७ रन बनाएर टिमलाई ठुलो स्कोर सम्म पुगाएका हुन ।
पाकिस्तानी बलरहरुले आज पनि सोचे अनुसारको बलिंग गर्न सकेनन् । हरिष रौफले १० ओभरमा ६४ रन खर्चेर ३ विकेट लिए । यस्तै शाहिन शाह अफ्रिदीले १० ओभरमा ७२ रन खर्चेर २ विकेट लिए । यस्तै मोहम्मद वसिमले पनि ७४ रन खर्चेर २ विकेट लिए भने इफ्तिकार अहमदले १ विकेट लिए ।