विराटनगर , चैत २५
इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को १९ औं खेलमा राजस्थान
रोयल्स (आरआर) ले रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) लाई ६ विकेटले पराजित गरेको
छ ।
शनिवार
राति भएको खेलमा राजस्थानले जीतका लागि १८४ रनको लक्ष्य पाएको थियो,
जसलाई उसले २० औं ओभरको पहिलो बलमै हासिल गर्न सफल भयो ।
राजस्थान
रोयल्सको जारी सीजनमा यो लगातार चौथो जीत हो र यो जित सँगै राजस्थान रोयल्सले कोलकाता
नाइट राइडर्सलाई पछाडि धकेल्दै अंक तालिकाको पहिलो स्थानमा पुगेको छ । अर्कोतिर
आरसीबीको भने यो पाँच खेलमा चौथो हार हो ।
राजस्थान
रोयल्सका लागि ओपनर ब्याट्सम्यान जोस बट्लरले अविजित एक रनको इनिङ खेले । बट्लरले
५८ बलको इनिङमा ९ चौका तथा चार छक्का प्रहार गरे । जब राजस्थानलाई जीतका लागि एक
रनको आवश्यकता थियो, जोस बट्लरले क्यारन ग्रीनको बलमा छक्का प्रहार
गर्दै आफ्नो शतक पूरा गरे ।
जोस
बटलरको शतकको अघिल्तिर विराट कोहलीको शतकीय इनिङ नै फिक्का सावित भयो । बटलरले
आईपीएल करियरको यो छैठौं शतक रह्यो । बटलरबाहेक कप्तान सन्जू सामसनले पनि ४२ बलमा
६९ रनको विष्फोटक इनिङ खेले, जसमा ८ चौका तथा
दुई छक्का समावेश छन् । सामसन तथा बटलरका बीच दोस्रो विकेटका लागि १४८ रनको
साझेदारी भयो ।
शनिवारको
खेलमा राजस्थान रोयल्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो । पहिला
ब्याटिङ गर्दै आरसीबीलाई विराट कोहली तथा फाफ डु प्लेसिसले आकर्षक सुरुवात दिलाए ।
कोहली र डु-प्लेसिसबीच
१४ ओभरमा १२५ रनको साझेदारी भयो । कोहलीले रियान परागको बलमा छक्का प्रहार गर्दै
३९ बलमै आफ्नो अर्धशतक पुरा गरे । डुप्लेसिसले दुई चौका तथा दुई छक्काको सहयोगले
३३ बलमा ४४ रन बनाए । डु प्लेसिसपछि आरसीबीले ग्लेन म्याक्सवेल तथा सौरभ चाैँहानको
विकेट पनि सस्तैमा गुमायो ।