इजरायलले गाजामा गर्यो हवाई आक्रमण, २२ जना प्यालिस्टिनीको मृत्यु

Jhalkonepal

काठमाण्डौ, मंसिर ३०

इजरायलले गाजामा फेरि अर्को हवाई आक्रमण गरेको छ । उक्त आक्रमणमा परी कम्तिमा २२ जना प्यालिस्टिनीको मृत्यु भएको छ ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) तथा हमासले हवाई आक्रमणको पुष्टि गर्दै सेन्ट्रल गाजाको दीर अल बहाह शहरका मेयर पनि उक्त आक्रमणमा मारिएका बताएका छन् । उक्त शहरमा मात्रै १३ जनाको मृत्यु भएको छ । त्यसमध्ये १० जना सहायताका लागि आएका चिकित्सकहरूले बताएका छन् ।

त्यस्तै गाजाको एक विद्यालयमा महिला र उनका शिशुसहित सात जनाको मृत्यु भएको छ । इजरायलले भने उक्त स्थानलाई हमासले आफ्नो आधारका रूपमा उपयोग गरिरहेको आरोप लगाएको छ ।

हमासले विद्यालयललाई आफ्नो आधार क्षेत्र बनाएको र अन्य कुराहरूको व्यवस्थापनका लागि उपयोग गरिरहेको आरोप इजरायलले पटक-पटक लगाउँदै आएको छ । यद्यपि, हमासले भने इजरायलले लगाएको उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया