गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

Jhalkonepal

  गुल्मी,वैशाख ८

बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

सत्यवती गाउँपालिका-६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ । शुक्रबार दिउँसो माछा मार्न  बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोजने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हाे ।


प्रतिक्रिया