बारा, कात्तिक १२
बारामा माेटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानकाे ज्यान गएकाे छ । हिजाे बिहान ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भइ इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारकाे ज्यान गएकाे हाे ।
निजगढ नगरपालिका-८ बाट जितपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा सुनारकाे माेटरसाइकल दुर्घटना भएकाे हाे ।
गम्भीर घाइते भएका जवानकाे उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा ज्यान गएकाे हाे ।
११ कार्तिक २०८०, आईतबार ०७:५४ मा प्रकाशित