विराटनगर, असोज ८
कोशी प्रदेशको सुरक्षा सम्बन्धी बैठक विराटनगरमा बसेको छ । बैठकमा सहभागी हुन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ विराटनगर आउनुभएको छ । बैठकमा गृह सचिव दिनेश भट्टराई नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख समेत सहभागीता छ । सुरक्षा संवेदनशीलता बढेको भन्दै सुरक्षा समितिको बैठक बसेको हो । बैठकमा कोशी प्रदेशको सुरक्षा अवस्था र चुनौतीका विषयमा छलफल हुने र सुरक्षा चुनौती समाधान गर्न नयाँ कार्य योजना बन्ने बताइएको छ ।
प्रदेशको नामकरण पछि कोशी प्रदेशमा सुरक्षा चुनौती थपिएको छ । पहिचान पक्षधरहरूको आन्दोलन सुरु भएको र पहिचान पक्षधरहरूले युवा दस्ता बनाएपछि सुरक्षा चुनौती बढेको हो ।
७ असोज २०८०, सोमबार ०२:०४ मा प्रकाशित