अपडेट: हलेसीबजारको आगलागी नियन्त्रणबाहिर चार घर जले

Jhalkonepal

काठमाडौ , फागुन ४

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर– ७ महादेवस्थानको हलेसी बजारमा भएको  भीषण आगलागी ४ घर जलेका छ्न ।  साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलबाट आगलागी सुरु भएको हो । 

स्थानीयबासी, प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि आगो नियन्त्रणभन्दा बाहिर गएको छ। 

आगालागीबाट दुईघर पूर्णरुपमा जलिसकेको र आगो नियन्त्रणमा नआए अन्य १० घरमाआपतकालीन जोखिम रहेको बताइएको छ

प्रतिक्रिया