आइपिएल २०२४ : सुनिल नारायणको आक्रमक ब्याटिंगले कोलकताले बेंगलूरलाई ७ विकेटले पराजित गर्यो

Jhalkonepal

काठमाण्डौं, चैत्र १७

आइपीएल २०२४ अन्तरगत गए राती भएको खेलमा कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाईलाई ७ विकेटले पराजित गरेको छ  । बेंगलुरुले दिएको १८३ रनको लक्ष्य कोकताले १९ बल बाकी छदै ३ विकेट गुमाएर पुरा गर्यो । कोलकताका सुनिल नारायणले २२ बलको सामना गर्दै ५ छक्कार २ चौकाको मद्दतमा आक्रमक ब्याटिंग गर्दै ४९ रन बनाएर टिमको लागि जितको आधार तयार गरेका थिए । उनलाई अर्का ओपनर फिल साल्टले ३० रन बनाएर सघाएको थिए । सातौ ओभरमा नारायण आउट हुदाँ कोलकताको स्कोर ८६ रन बनिसकेको थियो । त्यसपछि आएको बेंकटेस ऐयर र श्रेस ऐयरले पनि आक्रमण जारि राख्दै टिमलाई जित दिलाए । यसक्रममा बैकटेसले नटआउट ५० रन बनाए भने श्रेयले ३९ रनको योगदान गरे । 

बेंगलुरुका यस दयाल, मयंक दगर र विजय कुमार वैसखले १,१ विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिंग गर्न आएको बेगलुरुले विराट कोहलीको नटआउट ८६ रनको मद्दतमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । बेंगलुरुका केमरन ग्रिनले ३३ र गेल्न मेक्सवैलले २८ तथा दिनेश कार्तिकले २० रन बनाएका थिए ।

कोलकताका आन्दे्र रसल र हर्षित रानाले २,२ विकेट लिए भने सुनिल नारायणले १ विकेट लिएका थिए । कोलकताका सुनिल नारायण म्यान अफ द म्याच घोषित भएका थिए । 

जित संगै कोलकता, अंक तालिकाको दोस्रो स्थानमा पुगेका छ भने बेंगलुरु छैटौ स्थानमा छ । 

 


प्रतिक्रिया