सुभेष सिनाल
काठमाण्डौं, पौष १८
भारत र दक्षिण अफ्रिका विच चलिरहेको दोस्रो टेष्टको पहिलो दिन २३ विकेट झरेको छ । केपटाउनमा आज शुरु भएको दोस्रो टेष्टमा टस जितेर दक्षिण अफ्रिकाले पहिले ब्याटिंग गर्ने निर्णय गरेको थियो । भारतिय तिब्र गतिका बलर मोहम्द सिराजले ९ ओभरमा १५ रन मात्र खर्चेर ६ विकेट लिए पछि दक्षिण अफ्रिका २५ औ ओभर मात्र खेलेर पहिलो पारीमा ५५ रन बनाएर अल आउट भयो । दक्षिण अफ्रिकाका तर्फबाट सबैभन्दा बढि कायल भे्रडनिनले १५ र डेभिड बेडिन्गमले १२ रन बनाए । यो बाहेक दक्षिण अफ्रिकाका ८ जना ब्याटरले दोहरो अंकमा रन बनाउन सकेनन् । भारतका तर्फबाट मोहम्मद सिराज बाहेक जसप्रित बुमराह र मुकेश कुमारले २,२ विकेट लिए ।
दक्षिण अफ्रिकालाई सस्तोमा समेटेको भारतले पनि पहिलो पारीमा राम्रो प्रदर्शन गर्न सकेन । भारतले पनि पहिलो पारीमा ३४ ओभर खेलेर आफ्ना सबै विकेट गुमाउदा १५३ रन मात्र बनाउन सक्यो । भारतका तर्फबाट रोहित शर्मा ३९, शुभमन गिल ३६ र बिराट कोहलीले ४६ रन बनाए पनि ७ जना अन्य ब्याटर भने शुन्यमा आउट भएका थिए । दक्षिण अफ्रिकालाई खेलमा फर्काउने क्रममा कसिगो रबाडा, लुगिं एन्गिडी र नान्ड्रे ब्रगरले समान ३,३ विकेट लिए । पहिलो पारीमा भारतले दक्षिण अफ्रिकासंग १०२ रनको अग्रता लिएको थियो ।
आज नै दक्षिण अफ्रिकाले दोस्रो पारि पनि खेल्न शुरु गरेको छ र उसले पहिलो दिन समाप्तीमा ३ विकेट गुमाएर ६२ रन बनाएको छ ।