काठमाडौं, असार ७
यो साता दक्षिणी चीनको गुआङडोङ प्रान्तमा आएको मुसलधारे वर्षा र बाढीबाट मर्नेको सङ्ख्या बढेर शुक्रबार ३८ पुगेको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
सरकारी प्रसारक सिसिटिभीले पूरा साता
मुसलधारे वर्षाका कारण आएको पहिरो र बाढीबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएको तथा
अर्बौं युआनको नोक्सान भएको छ । केही क्षेत्रमा यो साता शताब्दीकै
सबैभन्दा ठूलो बाढीमध्येको एक आएको सिसिटिभीले बताएको छ ।
अधिकारीहरूले बिहीबार नौ जनाको मृत्यु
भएको बताए पनि शुक्रबार दिउँसोसम्म मर्नेको सङ्ख्या बढेर ३८ पुगेको छ । “प्रकोपको
गम्भीरताका कारण फसेका मानिसको खोजी र उद्धार कार्य कठिन भएको छ र समय लाग्नेछ”, सिसिटिभीले भनेको छ
।
मुसलधारे वर्षाबाट ५५ हजारभन्दा धेरै
मानिस प्रभावित भएका छन् । चीनको अधिकांश भागमा यो साता ३५
डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेपछि दक्षिणी क्षेत्रमा मुसलधारे वर्षा भएको
छ । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले ठूलो वर्षा र लु जस्ता
चरम मौसमलाई थप बारम्बार र तीव्र बनाउँछ । हरित गृह ग्यास जलवायु परिवर्तनको
प्रमुख कारण हो र चीन विश्वको सबैभन्दा ठूलो हरित गृह ग्यास उत्सर्जक हो ।