सुभेष सिनाल
काठमाण्डौं, पौष १९
भारत र दक्षिण अफ्रिका विचको केपटाउन टेष्ट म्याचको दोस्रो दिनमै नतिजा आएको छ । जितको लागि आवश्यक ८० रन ३ विकेट गुमाएर पुरा गर्दै भारतले ७ विकेटले जित हात पारेको हो । केपटाउनमा भारतले पहिलो पटक टेष्ट म्याचमा जित हात पारेको हो । खेलको दोस्रो दिन आफ्नो दोस्रो पारीमा ३ विकेट गुमाएर ६२ रन बाट खेल्न शुरु गरेको दक्षिण अफ्रिकाले एैडेन मार्करमको १०३ रनको सतकिय योगदान सहित मात्र १७६ रन बनाउदा आफ्ना सबै विकेट गुमायो । दक्षिण अफ्रिकी पारीमा मार्करम बाहेक डेन एलगरले १२, डेविड बेडिन्गमले ११ र मेक्रो जेन्सनले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहरो अंकमा रन बनाउन सकेनन् ।
भारतका तर्फबाट दोस्रो पारीमा जसप्रित बुहाराहले ६ विकेट लिए भने मुकेश कुमारले २ तथा मोहम्मद सिराज र प्रसिद्ध कृष्णले १,१ विकेट लिए ।
दोस्रो पारीमा दक्षिण अफ्रिकाले १७६ रन बनाउदा भारत भन्दा मात्र ८० रनले अगाडी थियो । भारतलाई जितको लागि आवश्यक ८० रन बनाउन । यसस्वी जैसवालले २८, रोहित शर्माले १६, शुभमन गिलले १० र विराट कोहलीले १२ रन बनाए । दोस्रो पारीमा दक्षिण अफ्रिकाका कसिगो रबाडा, नान्द्रे बर्गर र माक्रो जेन्सनले १,१ विकेट लिए ।
भारतले दोस्रो टेष्टमा जित हात पारेसंगै दुई खेलको श्रृखंला बराबरीमा टुंगिएको छ । दोस्रो टेष्टमा दुबै पारीमा ७ विकेट लिने मोहम्मद सिराज म्यान अफ द म्याच घोषित भए भने म्यान अफ दी सिरिज भारतका जसप्रित बुमाराह र दक्षिण अफ्रिकाका डिन एल्डरलाई संयुक्तरुपमा दिइएको छ ।