काठमाण्डौ, पुस २६
नेपालले पहिलो संस्करणको खो–खो विश्वकप खेल्दै छ ।
खो–खो खेलको पहिलो
विश्वकपमै नेपालको सहभागिता हुन लागेको हो । अझ खुसीको कुरा प्रतियोगितामा नेपालका
महिला र पुरुष दुवै टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
यही जनवरी १३ तारिखदेखि फेब्रअरी १ तारिखसम्म भारतको नयाँ दिल्लीमा
हुने प्रथम खो–खो विश्वकप २०२५ मा नेपालका पुरुष र महिला टोलीले सहभागिता जनाउँदै
छन् ।
कुल २३ राष्ट्रको सहभागिता रहने
पहिलो विश्वकपमा एकैपटक महिला र पुरुषको प्रतिस्पर्धा हुन लागेको हो । यसअघि २४
राष्ट्रले सहभागिता जनाउने भने पनि पाकिस्तानले भारतमा गएर नखेल्ने जनाएपछि सहभागी
राष्ट्रको सङ्ख्या २३ भएको अन्तर्राष्ट्रिय खो–खो महासङ्घले जनाएको छ ।
पुरुष खो–खो विश्वकपमा २० देश
सहभागी हुनेछन् भने महिला खो–खो विश्वकपमा १९ राष्ट्रले प्रतिस्पर्धा गर्ने भारतीय
ओलम्पिक एसोसिएशनले जनाएको छ ।
भोलि दिउँसो नयाँ दिल्लीतर्फ
प्रस्थान गर्ने नेपाली टोलीको आज बिदाइ हुनेछ ।