पाकिस्तानले जित्यो पहिलो टि२०

Jhalkonepal

काठमाण्डौ, सावन १६

पाकिस्तानले वेष्ट इन्डिज विरुद्धको पहिलो टि२० मा जित हासिल गरेको छ । टस जितेर पहिले व्याटिंग गरेको पाकिस्ताने निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो । पाकिस्तानको लागि सैयम अयुवले सर्वाधिक ५७ रन बनाए । यस्तै फकर जमान २८, हसन नवाज २४, सहिबजादा फरमान १४, फहिम असरफ १५ र सलमान आगाले नट आउट ११ रन बनाए पछि पाकिस्तानले १७८ बनाएको थियो । 

वेष्टइन्डिजका लागि समर जोसेफले ३ विकेट लिए भने रोमारियो सेफार्ड, अकिल हुसैन र जेसन होल्डरले १,१ विकेट लिए । 

१७९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएका वेष्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो । ओपनर जोन्सन चार्ली र जोयल एन्ड्रयुले समान ३५ रन बनाएर ठोष शुरुवात दिए पनि बाकी व्याटरले रन जोड्न सकेनन् । खेलको अन्तिम ओभरहरुमा जेसन होल्डर र समर जोसेफले आक्रमक व्याटिंग गरि खेललाई रोमान्चक बनाएका थिए । होल्डरले नटआउट ३० र जोसेफले नटआउट २१ रन बनाए पनि लक्ष्य सम्म पुग्न सकेनन् । 

पाकिस्तानको लागि मोहम्मद नवाजले ३, सयम अयुवले २ तथा सुफियान मक्यूम र साहिन शाह अफ्रीदिले १, १ विकेट लिए ।

वेष्टइन्डिजको भ्रमणमा रहेको पाकिस्तानले त्यहाँ ३ टि२०,  र ३ एकदिवसीय खेल खेल्नेछ । 

प्रतिक्रिया