काठमाण्डौं, बैशाख २८
प्रिति जिन्टाको स्वामित्वको पंजाब किग्स इलेबल आइपिएल २०२४ को प्लेअफ रेसबाट बाहिरिएको छ । बैग्लुरुसंग ६० रनको हार ब्यहोरे पछि पंजाब प्लेअफबाट बाहिरिएको छ भने बैग्लूरुले प्लेअफ पुग्ने सम्भावना जिवित राखेको छ । धर्मशालामा हिजो राति भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको बैग्लुरुले विराट कोहलीको ९२ रनको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २४१ रन बनाएको थियो । बैग्लुरुका रजत पाटिदारले ५५, क्यामेरन ग्रिनले ४६ र दिनेश कार्तिकले १८ रनको योगदान गरे ।
पंजाबका तर्फबाट हर्षल पटेलले ३ विकेट लिए भने विद्वात कभेरापाले २ तथा अर्षदिप र सेम करनले १,१ विकेट लिए ।
२४२ रनको विशाल लक्ष्य पछ्याउन मैदानमा आएको पंजाबले निर्धारित १७ औ ओभरमा अल आउट हुदाँ मात्र १८१ रन बनाउन सक्यो । पंजाबका लागि रिले रोस्वोले ६१ रन बनाए । यस्तै जोनि बारिष्टोले २७, शसांक सिंहले ३७ र सेम करनले २२ रन बनाए ।
बैग्लुरुका मोहम्मद सिराजले ३ विकेट लिए । यस्तै स्वप्निल सिंह, लोकि फर्सुगन र करन शर्माले २,२ विकेट लिए ।
जितसंगै बैग्लुरु २ अंक जोडेर १२ खेलमा १० अंक सहित तालिकाको सातौ स्थानमा उक्लिएको छ । पंजाब भने १२ खेलमा ८ अंक सहित नवौ स्थानमा झरेको छ ।
आइपिएलमा आज साँझ चेन्नइ र गुजरातको विच खेल हुनेछ ।