काठमाडाै , फागुन १०
भारतको प्रयागराजमा महाकुम्भ गएर फर्किंदै गरेका नेपाली सवार जीप दुर्घटना हुंदा चार जनाकाृ मृत्यु भएकाे छ । भारतको उत्तर प्रदेश गोरखपुरमा जीप ट्याक्टरसँग ठोक्किंदा सप्तरीका तीन जना र सुनसरीका एक जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलाबती देवी चौधरी र कञ्चनरुप–५ की ५५ वर्षीया हरिहरदेवी र सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादव रहेकाे प्रहरीले जनाएकाे छ ।
९ फाल्गुण २०८१, शनिवार ०३:३३ मा प्रकाशित