काठमाडैं, जेठ २६
आठौँ प्रधानमन्त्री कप एनभीए पुुरुष तथा महिला भलिबल लिगको फाइनल खेल
आज हुँदैछ । उपाधिका लागि पुरुषतर्फ गण्डकी प्रदेश र हेल्प नेपाल खेल्दैछन् ।
हिजो भएको लिगको अन्तिम खेलमा
गण्डकीले नेपाल पुलिस क्लबलाई र हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा
हरायो । पुरुषतर्फको फाइनल खेल दिउँसो ३ बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय
खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ । यस्तै तेस्रो स्थानका लागि पुलिस र
आर्मी खेल्दैछन् ।
२५ जेठ २०८१, शनिवार ११:२२ मा प्रकाशित