काठमाण्डौं, माघ १७
काठमाडौंमा आजदेखि सुरू भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
नेदरल्याण्ड्सले दिएको १५८ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाए पछि नेपाल २० रनले पराजित भएको हो ।
नेपालका लागि सिता रानामगरले सर्वाधिक २८ रन बनाइन् । ४५ बलको सामना गरेकी सिताले ३ चौका प्रहार गरिन् । त्यस्तै कविता जोशीले २७ तथा पुजा महतोले २४ रन बनाइन् ।
नेदरल्याण्ड्सका लागि इभा लिन्च र क्यारोलिन डे लाङले २/२ विकेट लिए । आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले १/१ विकेट लिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो ।
नेदरल्याण्ड्सका लागि रोबिन रिकेले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ८ चौकासहित ५९ रन बनाइन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रनको फिनिसिङ पारी खेलिन् ।