काठमाडौं, माघ ६
एपिएफले पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ तेस्रो स्थान हासिल गरेको छ ।
पोखरामा शनिबार श्रीलंका आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै गत वर्षको विजेता एपिएफ तेस्रो भएको हो । एपिएफले २५–२३,२५–२१ र २७–२५ ले हराएको थियो । महिलातर्फ शुक्रबार नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब तेस्रो भएको थियो ।
चौथो टाइगर कप भलिबल प्रतियोगितामा पुरुष र महिलातर्फ दुबै फाइनल आज फाइनल हुँदैछ । महिलातर्फ साविक विजेता एपिएफ र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमबीच प्रतिस्पर्धा हुँदैछ भने पुरुषतर्फ साविक विजेता गण्डकी प्रदेशले हेल्प नेपाल स्पोर्टस क्लब सामना गर्नेछ ।
५ माघ २०८०, शनिवार ०१:३८ मा प्रकाशित