कोशी प्रदेश स्तरीय महिलाबादी महिला मञ्च बिराटनगरमा सुरु

Jhalkonepal

 

बिराटनगर , मंसिर ११ 

  कोशी प्रदेश स्तरीय महिलाबादी महिला मञ्च बिराटनगरमा सुरु भएको छ । 

“न्याय सामानता र पर्याबरणीय अधिकारको सुनिश्चितताः सामाजिक रुपान्तरण सहितको दिगो बिकासमा निश्चितता” भन्ने मुल नाराको साथ आज देखी कोशी प्रदेश स्तरीय महिलाबादी महिला मञ्च बिराटनगरमा सुरु भएको हो । आज र भोली संचालन हुने मन्च मुख्य गरी महिलाको श्रम, शरिर, र पर्याबरणको सवालमा केन्द्रित रहनेछ । साथै महिलाको श्रम,शरिर र पहिचान माथीको नियन्त्रणले महिलालाइ पारेको प्रभाब,उक्त प्रभाबले समाज र देशलाइ कसरी, कति गहिराइ सम्म असर पारेको छ भन्ने बिषयमा शरिर मेरो नियन्त्रण कसैको,श्रमको अधिकार र रुपान्तरणको लागी रुपान्तरित नेतृत्वको सबालमा प्यानल छलफल तथा  कार्यशाला समेत आयोजना गरिएको छ। 

महिलाबादी मन्चले, महिलाबादी दृष्टीकोणबाट समाजलाइ बिश्लेषण गर्न र महिला तथा पछाडी पारिएको समुदायको बिधमान सबाललाइ सम्बोधन गर्न क्षमता अभिबृद्धिको लागी सहजीकरण गर्ने, नबनिर्बाचित महिला जनप्रतिनिधीहरुलाइ रुपान्तरीत नेतृत्व त्यसको महत्वको बारेमा धाराणागत स्पष्टता ल्याउदै सामाजिक रुपान्तरणको बाताबरण निर्माण गर्न सहयोग गर्ने, कोशी प्रदेशमा रहेर मानब अधिकारको क्षेत्रमा क्रियाशिल बिभीन्न समुह, संजाल , संस्था र स्थानिय तहमा रहेका जनप्रतिनिधी बीचमा समन्वय र सहकार्यको लागी बाताबरण तयार गर्ने उद्धेश्य राखेको छ ।

मञ्चमा कोशी प्रदेशका १४ वटै जिल्लाका १ सय ३६ वटा पालिकाका नबनिर्बाचित महिला संघसस्थाको प्रमुख तथा प्रतिनिधीहरु,स्थानिय सरकारका पदाधीकारीहरु,संचारकर्मी तथा मानबअधिकारकर्मीहरु गरी ३ सय ५० जनाको सहभागीता रहने महिला मानबअधिकार रक्षकहरुको राष्ट्रिय संजाल कोषाध्यक्ष तथा कोशी प्रदेश संयोजक मञ्जिता उपाध्यायले जानकारी गराउनु भयो । 



प्रतिक्रिया