काठमाण्डाै, कार्तिक २९
शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव
१२ अङ्कले घटेर दुई हजार सात सय ३४ दशमलव ८३ विन्दुमा झरेको छ ।
आज विकास बैंक, फाइनान्स, जलविद्युत् र म्युचल फन्ड बाहेक
सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज कुथेली बुखारी हाइड्रोपावर कम्पनीको
शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन सप्तकोशी विकास बैंक, शृजनशील लघुवित्त, मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि
फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज तीन सय आठ वटा कम्पनीका एक
करोड ५३ लाख कित्ता शेयर सात अर्ब ९१ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा
धेरै जानकी फाइनान्स कम्पनीको ३३ करोडको शेयर किनबेच भयो ।
२८ कार्तिक २०८१, बिहिबार ०४:२९ मा प्रकाशित