भारत इंग्लैण्ड चौथो टेष्ट ः दोसो दिन भारतले ७ विकेट गुमाएर २१९ रन बनायो

Jhalkonepal


सुभेष सिनाल

काठमाण्डौं, फागुन १२

भारतले चौथो टेष्टको पहिलो पारीमा २१९ रन जोडेको छ । टेष्ट म्याचको दोस्रो दिन आज बिहान इंग्लैण्ड ३५७ रनमा अलआउट भएपछि भारतले ब्याटिंग शुरु गरेको हो । दोस्रो दिनको खेल सकिदा भारतका धु्रव जुरेल ३० रन र कुलदिप यादवप १७ रन बनाएर क्रिजमा छन । यस अघि यसस्वी जयसवाल ७३ रन बनाए आउट भए भने, शुभमन गिलले ३८ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन् । इंग्लैण्डका सोएब बसिरले ४ विकेट लिए भने टोम हेर्टलीले २ र जेम्स एन्डरसनले १ विकेट लिए ।  दोस्रो दिनको खेल सकिया भारत १३४ रनले पछि परेको छ । 

यसअघि विहान खेलको दोस्रो दिन ७ विकेटमा ३०२ रनबाट अगाडी शुरु गरेको इंग्लैण्डले  ५५ रन जोड्दा बाकी ३ विकेट गुमायो । इंग्लैण्डका जोय रुट १२२ रन बनाएर नट आउट रहे । यस्तै रोविन्सन ५८ रन बनाएर आउट भए । त्यसपछि आएका दुबै ब्याटर शुन्यमा आउट भए पछि इंग्लैण्डको पहिलो पारी सकिएको थियो । दोस्रो दिन भारतले प्राप्त गरेका तिन वटै विकेट रविन्द्र जडेजाले लिएका थिए । जडेजाले कुल ४ विकेट लिए भने आकास दिपले ३, मोहम्मद सिराजले २ र रविचन्द्रन आश्विनले १ विकेट लिए ।


प्रतिक्रिया