टि२० विश्वकपमा पाकिस्तानको पहिलो जित, सुपर ८ को सम्भावना कायम

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, जेठ २९

आइसीसी टि२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ । यसअघिका २ खेलमा हारको सामना गरेको पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गर्दै सुपर ८ मा पुग्ने सम्भावनालाई कायम राखेको छ । पहिलो खेलमा अमेरिकासंग र दोस्रो खेलमा भारतसंग कम स्कोरको खेल गुमाए पछि समुह चरण बाटै पाकिस्तान बाहिरिने सम्भावना बढेको थियो । पाकिस्तानले अव आफ्नो अन्तिम खेल आयरलैण्डसंग खेल्नेछ । सुपर ८मा पुग्ने सम्भावना जिवित राख्ने पाकिस्तानले त्यो खेल राम्रो रनरेटमा जित्नै पर्नेछ । यसको साथै, अमेरिका बाकी भारत र आयरलैण्डसंग पराजित भएमा पाकिस्तान समुह उपविजेता बन्दै सुपर ८ मा पुग्नेछ । 

हिजो राति भएको खेलमा टस जितेर क्यानडालाई ब्याटिंगको निम्तो दिएको पाकिस्तानले क्यानडालाई १०६ रनमा अल आउट गरेको थियो । क्यानडाका एरोन जोन्सले ५२ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन् । क्यानडाले १०६ रन जोड्ने क्रममा कलिम रानाले १३ र सादवीन जाफरले १० रन बनाएका थिए । 

पाकिस्तानका मोहम्मद अमिर र हरिस रौफले २,२ विकेट लिए भने शाहिन शाह अफ्रिद र नसिम शाहले १,१ विकेट लिए । 

१०७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पाकिस्तानले ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । पाकिस्तानका मोहम्मद रिजवानले नट आउट ५३ रन बनाए । यस्तै बाबर आजमले ३३ रन बनाए । क्यानडाका डेलिन हेलिगरले २ विकेट लिए भने जेर्मि गोर्डेनले १ विकेट लिए । 


प्रतिक्रिया