कटुवा पेस्तोल सहित ३ जना पक्राउ

Jhalkonepal

मोरङ, कार्तिक ४

मोरङको धनपालथान गाउँपालिका-२ बाट कटुवा पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराती कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको गस्ती टोलीले धनपालथान-२ भित्री सडक खण्डमा सडक छेउमा रोकी राखेको BR 06 PA 1362 नम्वरको स्कारपियो गाडीलाई शङ्का लागि चेकजाँच गर्दा उक्त गाडीको ड्यासबोर्ड भित्र लुकाई राखेको कटुवा पेस्तोल १ थान र ३ राउन्ड गोली समेत फेला पारेको हो ।

गाडीमा गोली सहित कटुवा पेस्तोल फेला परे सँगै गाडी चालक सर्लाही हरीपुर्वा-७ का २७ वर्षीय रवीन्द्र कुमार यादव र गाडीमा सवार रहेका सर्लाही हरीपुर्वा-७ का २० वर्षीय कमलेश कुमार यादव र महोत्तरी गौशाला-६ का २२ वर्षीय राम दयाल यादव  पक्राउ परेकाछन  ।  कटुवा पेस्तोल सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रँगेलिबाट थप अनुसन्धान भइरहेको छ  ।

प्रतिक्रिया