सुभेष सिनाल
काठमाण्डौं, फागुन ११
आइसीसी लिग २ अन्तरगत नामिवियाले नेदरलैण्ड्सलाई २४ रनले पराजित गरेको छ । २०४ रन पछ्याउन मैदानमा उत्रिएको नेदरलैण्ड्स ८ बल बाकी रहदा १७९ रन बनाएर अल आउट भयो । नेदरलैण्ड्सका नोहा कोरेसले नट आउट ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । नोहा बाहेक मेक्सउडले ४१, बासलीदेले २४ र सरिज अहमदले १९ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन् । नामिवियाका कप्तान इरामस र जेन फ्रेन्लिंकले ३,३ विकेट लिए भने बेरनार्डले २ तथा जेन निकोल र रुबेन ट्रमपलेनले १,१ विकेट लिए ।
यसअघि ४५ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नामिवियाले ४२ औं ओभरमा २०३ रन बनाउदा आफ्ना सबै विकेट गुमाएको थियो । नामिवियाका ओपनर मलान क्रुगेरले ३९ रन बनाए भने जेन निकोलले रनआउट हुनु अघि ४९ रन बनाए । यस्तै जेन फ्रालिन्कले ३४ रन जोडे भने जेन ग्रिनले २२ रन जोडे । अन्तिम विकेटको रुपमा रुबेन ट्र्म्पलमेनले २३ रन जोडे
नेदरलैण्ड्सका आर्यन दत्त र भिभियान किंग्माले ३ विकेट लिए भने भेन्डेर मार्वीले २,२ विकेट लिए । यसै गरि सारिज अहमदले १ विकेट लिए ।
जारि प्रतियोगितामा यस अघिका ४ खेलमा पहिला ब्याटिंग गर्ने टोली हारेको थियो भने २०० बढि रन पनि बन्न सकेको थिएन । आजको जितका साथ नामिविया अंक तालिकामा शिर्ष स्थानमा रहने पक्का भएको छ । नामिवियाले ४ खेलमा ३ मा जित निकाल्दै ६ अंक जोडेको छ । नेपाल र नेदरलैण्ड्सको ३ खेलमा २ अंक मात्र छ । प्रतियोगिताको अन्तिम खेल आइतबार नेपाल र नेदरलैण्ड्सका विच हुनेछ ।