म्याक्सवेलकाे दाेहाेराे शतक संगै अस्ट्रेलिया सेमीफाइलनमा प्रवेश

Jhalkonepal
काठमाडौँ, कात्तिक २१ 

 विश्वकप क्रिकेटको ३९ औँ खेलमा अस्ट्रेलिया ३ विकेटले विजयी भएको छ । अस्ट्रेलियाले सनसनीपूर्ण खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट २०२३ काेे सेमिफाइनल यात्रा तय गरेको हाे । 
मुम्बईको बाङ्खडे स्टेडियम टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९१ रन बनाएको हो ।

५ पटकसम्मको विश्वकप विजेता अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले  चाेटको बाबजुद २सय १ रन बनाउन सफल भए । जितका लागि  २९२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाएर २ सय ९३ रन बनायो ।म्याक्स वेल र कप्तान कमिन्सले इनिङ्स सम्हाल्नु अघि अस्ट्रेलिया ७ विकेट गुमाएर ९१ रनको दयनीय स्थितिमा थियो । त्यही अबस्थामाम म्याक्सवेलले  विश्वकप इतिहासकै सबैभन्दा सनसनीपूर्ण इनिङ्स खेलेका हुन ।

नले कुल १ सय २८ बलमा २१ चौका र १० छक्का प्रहार गरे ।उनले  क्यापटेनसंग मिलेर ८ औ विकेटकालागि २सय २ रनको साझेदारी बनाउँदा क्याप्टेनले १२ रन जोडे । यो सँगै अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टिम भएको छ । यस अघि नै भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरीसकेका छन । 


प्रतिक्रिया