खेलकुद, कार्तिक ३०
विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले, अस्टे«लिया सामु रनको लक्ष्य राखेको छ । कलकत्तामा आज टस जितेर दक्षिण अफ्रिकाले पहिले ब्याटिंग गर्ने निर्णय गरे पनि विश्वकपका यस अघिको खेलमा जस्तो प्रदर्शन गर्न सकेन । पहिलो पावर प्लेमा महत्वपूर्ण ४ विकेट गुमाएर दक्षिण अफ्रिकाले २४ रन मात्र बनाउन सकेको थियो । त्यसपछि डेभिड मिलर र हेनरिच क्लेशनले दक्षिण अफ्रिकालाई सम्हालेका थिए । मिलरले सतकिय पारि खेल्दै देशलाई सम्मानजनक स्कोर सम्म पुगाए । मिलर १०१ रन बनाएर ४८ आंैं ओभरमा आउट भए । मिलरलाई हेनरिच क्लेशन ४७ रन बनाएर साथ दिए । क्लेशन आउट भए पछि केही समय कोट्जे उनलाई साथ दिए तर कोट्जेले पनि १९ रन मात्र बनाउन सके । बाहेक दक्षिणी अफ्रिकील ब्याटरले दोहरो अंकमा रन बनाउन सकेनन् ।
अस्टे«लियाका मिचेल स्ट्राकले ३ विकेट लिए । यसै गरि तरभिस हेड, जोस हेजलवुड र पेट कमिनले २,२ विकेट लिए ।
दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेर एकपटक फेरी खराब प्रदर्शन गर्न पुग्यो । सन १९९९ को सेमिफाइनलमा अस्ट्रेलियाले २१३ रनको लक्ष्य दिएको खेलमा २१३ रन नै बनाए पनि नाटकिय रुपमा दक्षिण अफ्रिका पराजित भएको थियो । आज २१२ रनको लक्ष्यलाई लयमा रहेको अस्टे«लियाबाट जोगाउन सके दक्षिण अफ्रिकाले आफु माथि लाग्दै गरेको चोकर्सको दाग धुनेछ । अन्यथा एकपटक फेरी दक्षिण अफ्रिका चोकर्स बनेर घर फर्किनेछ ।