नेपाली राष्ट्रिय क्रिकेट टिमको आगामी क्यालेन्डर कस्तो छ

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, माघ २४


 नेपाली राष्ट्रिय टोली र क्यानडाका बीच भोली माघ २५ गते देखि एकदिवसीय सिरिज हुदैछ । चार दिन चल्ने सिरिजमा ३ खेल हुनेछन। 

नेपाल र क्यानडा दुबैले लिग २ को तयारीको लागि यो सिरिज खेल्दैछन । क्यानडासंगको सिरिज पछि नेपालले होम ग्राउन्डमा नामिविया र नेदरलैण्डस संग खेल्नेछ भने क्यानडाले यूएइमा पुगेर पहिलो त्रिकोणात्मक सिरिज खेल्नेछ । सिनियर टोलीसँगको सिरिज पछि पनि क्यानडाको टोली नेपालमै रहेर नेपाल ए टिम संग सिरिज खेल्ने क्यानडाले योजना गरेको छ । नेपाली टोलीले पनि लिग २ को पहिलो सिरिज पछि नामिविया र नेदरलैण्डससँग टि २० सिरिज खेल्नेछ । त्यसपछि नेपाली टोली हङकङमा पुगेर ४ देश सम्मिलित टि२० सिरिज खेलेर अप्रिल महिनामा ओमान हुने एसीसी प्रिमियर टि२० कप खेल्नेछ  । लिग २ पछिका सबै खेल नेपालले टि२० विश्वकपको तयारीको लागि खेल्न लागेको हो ।  


नेपालको सिनियर टोलीले क्यानडा ओडीआई सिरिज र लिग(२ त्रिकोणात्मक सिरिजपछि नामिबिया र नेदरल्यान्ड्ससँग नै टि२०आई सिरिज खेल्दैछ । त्यसपछि टोलीले हङकङमा ४ देश सम्मिलित टि२०आई सिरिज र अप्रिलमा ओमानमा एसीसी प्रिमियर टि२० कप पनि खेल्ने तालिका छ ।

प्रतिक्रिया