सुभेष सिनाल
काठमाण्डौं, फागुन ११
भारत र इंग्लैण्ड विच चौथो टेष्ट आज देखि राँचीमा शुरु भएको छ । टस जितेर पहिले ब्याटिंग थालेको इंग्लैण्डले पहिलो पारीमा आजको खेल सकिदा ७ विकेट गुमाएर ३०७ रन जोडेको छ । इंग्लैण्डका जोय रुट १०६ रन बनाएर क्रिजमा खेलिरहेका छन भने उनलाई औली रबिन्सनले ३१ रन बनाएर साथ दिइरहेका छन । ओपनर जेक क्राल्वेले ४२ रन बनाए भने जोनी बारिस्टोले ३८ रनको योगदान गरे । यस्तै बेन फक्सले ४७ रनको महत्वपूर्ण पारी खेले ।
भारतका तर्फबाट टेष्ट म्याचमा डेब्यु गरेका आकास दिपले ३ विकेट झारे भने, मोहम्मद सिराजले २ तथा रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले १,१ विकेट लिए ।
५ टेष्ट म्याचको श्रृंखलामा भारत २(१ले अग्रता लिएको छ ।
१० फाल्गुण २०८०, शुक्रबार ०७:५० मा प्रकाशित