विराटनगर ,चैत ९
तीन दिन अगाडि धरान मृत फेला परेकी २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । गत चैत ७ गते धरान १८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचमा रहेको एकान्त खोल्सामा सुमनाकाे हत्या गरेकाे अबस्थामा शब फेला परेकाे थियाे ।
आज पत्रकार सम्मेलन गरी घटनाका अभियुक्त भनिएको बाबुराम भुजेललाई सार्वजनिक गरेको हो ।
मृतक सुमना श्रेष्ठ र धरान १६ बस्ने १९ वर्षीय सविन भन्ने बाबुराम भुजेलको बीच २ वर्षदेखि फेसबुक मार्फत प्रेम सम्बन्ध थियो । तर पछिल्लाे समय बाबुराम भुजेल र सुमनाबीच विवाद सुरू भएकाे देखिएकाे प्रहरीले जनाएकाे छ ।
प्रेममा खटपट पछि चैत ६ गते सुमनालाई भेट्न बाबुराम धरान आएका थिए । साँझदेखि नै भेटघाट गरी भुजेलले आफ्नो स्कुटरमा सुमनालाई राखी स्कुटर चलाउन सिकाउँदै रातको ९ बजेको हत्या भएको स्थानमा दुवै जना पुगेको प्रहरीले जनाउकाे छ । त्यसपछि बाबुरामले सुमनाकाे हत्या गरेकाे प्रहरी अनुसन्धानमा देखिएकाे प्रहरीले जनाएकाे छ ।