सुर्खेत, असार १७
भेरी नगरपालिका–४ इवरमा पहिरोले
पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन्
।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका
प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै
च्यापिँएका थिए ।
प्रिन्सको
घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको
प्रहरीले जनाएको छ ।
१७ असार २०८१, सोमबार ०९:४३ मा प्रकाशित