गुजरात माथी बैग्लूरुको ९ विकेटको जित

Jhalkonepal

काठमाण्डौं, बैशाख १६

भारतीय स्टार खेलाडी  विराट कोहली सम्मिलित आइपिएलको रोयल च्यालेन्सर्ज बैग्लुरुले आज गुजरातलाई ९ विकेटले पराजित गरेको छ । गुजरातले दिएको २०१ रनको लक्ष्य बैग्लूरले १६ ओभरमा १ विकेट मात्र गुमाएर पुरा गर्यो । बैग्लुरुको जितमा वील जेकले आक्रमक सतक प्रहार गरे । उनले ४१ बलको सामना गर्दै १० छक्का र ५ चौकाको मद्दतमा नटआउट १०० रन प्रहार गरे । यस्तै विराट कोहलीले नट आउट ७० रन प्रहार गरे जसमा उनले ४४ बलको सामना गरि ३ छक्का प्रहार गरे । यस्तै कप्ता फाफ डुप्लिसीले १२ बलमा २४ रन जोडे ।

गुजरातका साइ किशोरले मात्र १ विकेट लिए भने अन्य बलरहरुले रन रोक्न सकेनन् । रसिद खानले ४ ओभरमा ५१ रन खर्चे भने मोहित शर्माले २ ओभरमै ४१ रन खर्चे ।

यसअघि बैग्लुरुले टस जितेर गुजरातलाई ब्याटिंगको निम्तो दिएको थियो । गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०० रन बनाएको थियो । गुजरातको लागि सांइे सुर्दशनले नटआउट ८४ रन जोडे । उनले ४९ बलको सामना गरि ४ छक्का र ८ चौका प्रहार गरेका थिए । यस्तै साहरुख खानले ३० बलमा ५८ रन तथा डेभिड मिलरले २६ रन जोडेका थिए । 

बैग्लुरुका तर्फबाट ग्लेन म्याक्सवेल, स्वप्नील सिंह र मोहम्मद सिराजले १,१ विकेट लिए । 

खेल जिते पनि बैग्लूरु अंक तालिकाको पुछारमै कायम छ । बैग्लुरुले खेलेका १० खेल मध्ये ३ मा मात्र जित हासिल गरेको छ । गुजरात भने १० खेलमा ८ अंक जोडेर तालिकाको सातौं स्थानमा छ । 


प्रतिक्रिया