पथरी शनिश्चरेकाे चिउरा मिलमा आगलागी १ करोड ५० लाखको क्षति

Jhalkonepal


पथरी (मोरङ) चैत ४ 

 मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी भएकाे छ । साे आगलागीमा एक करोड ५० लाखको क्षति भएको छ ।

राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको हाे  ।मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको छ  ।


प्रतिक्रिया