सुनसरी, असार ११
बुढी खोलामा
आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
बिहानै देखी
परेको भारी वर्षाको कारण बुढी खोलामा आएको बाढीले सुन्दरहरैचा ५ का स्थानीय ४
जनालाई बगाएको हो ।
ती मध्ये एक
जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेक
बहादुर कार्कीले जानकारी दिए । प्रहरीको टोली घटनास्थल पुगेर उद्धारको काममा
जुटिसकेको कार्कीले बताए । मृतक तथा बेपत्ताको पहिचान खुलिनसकेको कार्कीले बताए ।
यसैबिच जल तथा
मौसम विभागले आज बिहान ११ बजेदेखीनै उक्त खोलामा पानीको बहाव उच्च भएकाले सतर्कता
अपनाउन टटिय क्षेत्रका बासिन्दासँग आग्रह गरेको छ । दिउसो ३ बजेसम्म खोलामा बहाव
उच्च रहने भन्दै एसएमएस सन्देश मार्फत विभागले सतर्क रहन आग्रह गरेको हो ।
११ असार २०८१, मङ्गलबार ०९:२० मा प्रकाशित