जनकपुर, असार ६
मधेस प्रदेश सरकारले मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा सोहन साह नियुक्त गरेको छ ।
आज मुख्यमन्त्री सतिश सिंहले उहाँलाई नीति तथा योजना आयोगमा नियुक्त गरेको हो । साहले आजै पद तथा गोपनीयताको शपथ लिइ पदभार ग्रहण गरेका छन ।
डा. साह यसअघि जनमत पार्टी सरकारमा रहँदा नीति तथा योजना आयोगको सदस्य थिए । जनमतले माघ ७ गते सरकार छाडेपछि तत्कालीन सरकारले साहलाई वर्खास्त गरेको थियो ।
६ असार २०८१, बिहिबार ०९:३५ मा प्रकाशित