काठमाडौं : आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य एक हजार ३०० रुपयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको पाँच हजार ५८५ रुपयाँ निर्धारण भएको छ । सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १३ हजार ५०० र एक तोला चाँदीको पाँच हजार ५९५ रुपयाँ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
११ फाल्गुण २०८२, मङ्गलबार ११:१३ मा प्रकाशित