विराटनगर, कात्तिक २५
कोशी प्रदेशमा रहेका सत्तारुढ दलहरूका बिचमा राजनीतिक नियुक्ति बाँडफाँडमा सहमति भएको छ ।
तिहार अगाडि नियुक्ति नभए पनि दलहरूका बिचमा राजनीतिक नियुत्तीका विषयमा सहमति भएको हो ।
मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार, बजेट प्रतिस्थापन विधेयक र सरकारका अन्य कामबारे शुक्रवार गठबन्धन दल माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईसँग छलफल गर्नुभएको थियो । ।
शुक्रवार भएको बैठकले कोशी प्रदेश खेलकुद विकास बोर्ड र प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्तका विषयमा सहमति जुटेको हो ।
उमेर हदका कारण कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तम कुमार भट्टराईले अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । उहाँको ठाउँमा माओवादीका तर्फबाट अध्यक्ष नियुक्त गर्ने सहमति जुटेको छ ।
यस्तै प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव भने एकीकृत समाजवादीलाई नै दिने सहमति भएको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव समाजवादीकै कोटाबाट हंस राज वाग्ले हुनुहुन्छ । उहाँलाई निरन्तरता दिने की नयाँ नियक्ती गर्ने भन्ने विषयमा भने समाजवादीले टुङ्गो लगाउने छ ।
समाजवादी भित्र उहाँको ठाउँमा नयाँ व्यक्तिलाई नियुक्त गर्नु पर्ने विषयमा विवाद रहेको छ ।
प्रदेश योजना आयोगको उपाध्यक्षमा भने मुख्यमन्त्री केदार कार्कीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई नियुक्त गरिसक्न्ुभएको छ ।
योजना आयोगमा काँग्रेसका तप एक जना सदस्य नियुत्ती गर्ने र बाँकी गठबन्धन दलबाट नियुत्ती गर्ने समेत सहमति भएको छ ।
सहमतिमा पुग्न अघि मुख्यमन्त्री कार्कीले काँग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादीका आङ्बो, नेकपा एसका राई र जसपाकी सांसद निर्मला लिम्बूसँग बिहीबार पनि छलफल गर्नुभएको थियो ।
माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले छठपछाडि सबै कुरा टुङ्गो लाग्ने बताउनुभयो ।
छलफलले निश्चित मापदण्ड बनाएर बजेट प्रतिस्थापन विधेयक तयार पार्ने सहमति गरेको छ ।यसैवीच
कोशी प्रदेशमा काङ्ग्रेसले मुख्यमन्त्री सहित ४ मन्त्री पाउने गरिको प्रारम्भिक छलफल भएको छ ।
माओवादीले ३, नेकपा एसले १ र जसपाले १ मन्त्री पाउने गरिको छलफल भएको हो । तर जसपा कोशी प्रदेश समितिले भने तत्काल सरकारमा नजाने निर्णय गरेको छ । छलफलमा जसपा पनि सरकारमा सहभागी हुने समझदारी बनेको छ ।
कोशी प्रदेशमा अहिले मुख्यमन्त्री सहित काङ्ग्रेसबाट सम्शेर राई, माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमल प्रसाद जवेगु मन्त्री नियुक्त हुनुहएको छ।
दलहरूका बिचमा सहमति नजुट्दा उहाँहरूले समेत मन्त्रालयको जिम्मेवारी पाउनुभएकोछैन । ।