खेलकुद, कार्तिक २३
आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको समुह चरणको महत्वपुर्ण खेलमा न्युजिलैण्डले १७२ रनको सहज लक्ष्य पाएको छ । सेमिफाइनलमा पुग्नको लागि जित्नै पर्ने खेलमा रनरेट पनि सुधार्ने सुनौलो अवसर न्युजिलैण्डले तयार पारेको छ । टस जितेर पहिले फिल्डिंग गर्ने निर्णयमा योजना अनुसार बलिंग गरि न्युजिलैण्डले श्रीलंकालाइ शुरुवात देखि नै दवावमा राखेको थियो । पहिले ब्याटिंग गर्दै श्रीलंकाले ४७ औं ओभरमा अल आउट हुदै १७१रन मात्र बनाउन सक्यो ।
श्रीलंकाको तर्फबाट कुशल परेराले २८ बलमा ५१ रन बनाउनु बाहेक अग्रपंक्तिकाअन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । श्रीलंकाका मध्यक्रमका ब्याटर एन्जोलो मेथ्यूजले १६ र धनन्जय डि सिल्भाले १९ रन बनाए भने अन्तिममा ब्याटिंग गर्न आएका महिस थिक्सेनाले नट आउट ३८ रन र दिलशान मधुशंकाले १९ रन बनाएर टिमको स्कोर १७१ सम्म पुगाएका हुन ।
न्युजिलैण्डका तर्फबाट सबैभन्दा सफल बलर टे«न्ट बोल्टले १० ओभरमा ३७ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै लकी फर्ग्यूसनले २, मिचेल सेनेटरले २ विकेट र रचिन रबिन्द्र २,२ विकेट लिए । टिम साउदीले पनि १ विकेट लिएर योगदान गरे ।