मोरङ, कार्तिक १३
मोरङको बेलबारी नगरपालिका-८ भलुवाईमा माटोको ढिस्कोले पुरीएर एकजना महिलाको मृत्यु भएको छ । आइतबार अपरान्ह सवा ४ बजे बाँसको झ्याङ मुनि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को माथिबाट खस्दा मोरङको बेलबारी नगरपालिका-१० की २८ बर्षिया सुनिता राजबंशीले घाईते भएकी हुनुभएकाे थियाे ।गम्भिर भाईते भएकी राजबंशीलाई उपचारकोलागी नोबेल अस्पताल बिराटनगर पुर्याउनासाथ डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
१२ कार्तिक २०८०, सोमबार १०:४५ मा प्रकाशित