काठमाण्डौं, माघ १८
त्रिकोणातक महिला टि२० प्रतियोगिताको दोस्रो खेलमा थाइलैण्ड विजयी भएको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा थाइलैण्डले नेदरलैण्ड्सलाई ८ विकेटले पराजित गरेको छ । पहिलो खेलमा नेपाललाई पहिलो खेलमा २० रनले पराजित गर्दै उत्साहका साथ मैदानमा उत्रिएको नेदरलैण्ड्सले टस जितेर पहिले व्याटिंग गरेको थियो ।
तर थाइलैण्डका बलरहरुको अगाडी नेदरलैण्ड्सका व्याटरहरुले पहिलो दिन जस्तो रन बनाउन सकेनन् । यदपी कप्तान बबिते दी लिदेले ५२ रन र इरिस ज्वीलिंगले २८ रन बनाए पछि नेदरलैण्ड्सले ६ विकेट गुमाएर निर्धारित २० ओभरमा १२२ रन मात्र बनाउन सक्यो । थाइलैण्ड्सकी थिपट्चा पोथुंगले २ विकेट तथा ओनिचा थोंग्गुचुले १ विकेट लिए भने अन्य ३ व्याटर रन आउट भएका थिए ।
१२३ रनको विजयलक्ष्य पुुरा गर्न मैदानमा उत्रिएको थाइलैण्ड्सले १८ औ ओभरमा २ विकेट गुमाएर १२५ रन बनाएर खेल जित्यो । थाइलैण्डका लागि नान्पत कोन्चोरोन्कीले नट आउट ५६ रन बनाइने भने नाथ्कन चन्थमले नट आउट २३ रन बनाइन । यो बाहेक ओपनर नात्या बोचाथमले १० र अफिसरा सोचोरोन्थीले २८ रन बनाइन । नेदरलैण्ड्सका इरिस ज्वीलिंगले १ र केरोलिन दी लेंगले १ विकेट लिए ।
जितसंगै थाइलैण्ड अंक तालिकको शिर्ष स्थानमा उक्लिएको छ । थाइलैण्ड्सले भोली नेपाल संग प्रतिस्पर्धा गर्नेछ ।